वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढीपहिरो पीडितका लागि खाद्यान्न सहयोग
आइतबार, २० असोज २०८१, २० : ५९
काठमाडौँ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो पीडितका लागि खाद्यान्न सामग्रीहरू सहयोग गरेको छ । संघले चामल – ३६० बोरा, चिउरा – १०० ब्याग, मसुर दाल – ४० ब्याग, र तोरीको तेल –२० कार्टुन सहयोग स्वरूप उपलब्ध गराएको हो ।
उक्त सामग्रीहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधिमण्डले मन्त्रालयमा हस्तान्तरण गरेका थिए । उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केही भए पनि राहत प्राप्त हुने विश्वास संघले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात
-
तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना
-
खोला किनारमा मानव कङ्काल फेला, चार जना प्रहरीको नियन्त्रणमा
-
पहिलो टी–२० मा भारतले सजिलै हरायो बंगलादेशलाई
-
स्वास्थ्यकर्मीहरु संवेदनशील हुन आवश्यक : मुख्यमन्त्री कार्की
-
लेवान्डोस्कीको ह्याट्रिकमा बार्सालाई ३ अङ्कको अग्रता