सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

वनस्पति घ्यू तेल उत्पादक संघद्वारा बाढीपहिरो पीडितका लागि खाद्यान्न सहयोग

आइतबार, २० असोज २०८१, २० : ५९
आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपहिरो पीडितका लागि खाद्यान्न सामग्रीहरू सहयोग गरेको छ । संघले चामल – ३६० बोरा, चिउरा – १०० ब्याग, मसुर दाल – ४० ब्याग, र तोरीको तेल –२० कार्टुन सहयोग स्वरूप उपलब्ध गराएको हो । 

उक्त सामग्रीहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई संघका अध्यक्ष विकास दुगड तथा प्रतिनिधिमण्डले मन्त्रालयमा हस्तान्तरण गरेका थिए । उक्त सहयोगले प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनमा केही भए पनि राहत प्राप्त हुने विश्वास संघले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप