आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहल

आइतबार, २० असोज २०८१, २० : ५८
आइतबार, २० असोज २०८१

काठमाडौँ । मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन रेन्ज विस्तारको सगर्व घोषणा गरेको छ। यो नयाँ रेन्ज सुरुवातको अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौँ उपत्यकाका नवजात शिशुहरूको कल्याणमा सहयोग गर्न प्रख्यात सामाजिक पहल एक एक पाइलासँग साझेदारी गरेको हो।

यस सहकार्य मार्फत प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाले अत्यधिक खाँचोमा परेका कमजोर पृष्ठभूमिका शिशुहरूलाई आवश्यक शिशु स्याहार उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेका छन्। यस क्रममा नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल सम्मिलित कुल एक हजार बेबी केयर किटहरू वितरण गरिनेछ।

एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भने, ‘प्यारासुट एडभान्स्ड बेबीसँगको यो पहलमार्फत नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्‍यौँ । यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप