आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

चितवनमा प्रभु बैंकको एजुकेसन हब

आइतबार, २० असोज २०८१, २० : ५५
आइतबार, २० असोज २०८१

चितवन । वैदेशिक शिक्षाको अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ऋण सहजताको लागि प्रभु बैंकले एजुकेसन हबको शुभारम्भ गरेको छ । आज नारायणगढमा एक कार्यक्रमका बिच बैंकले हबको शुभारम्भ गरेको हो । 

योसँगै शैक्षिक ऋणका लागि यहाँका विद्यार्थी तथा अभिभावकलाई काठमाडौँ जाने बाध्यता समेत हट्ने बैंकले जनाएको छ । यस सेवाबाट विद्यार्थी, अभिभावक, शैक्षिक परामर्श संस्थालाई वित्तिय प्रक्रियाको लागि सहज र सरल सेवा मिल्ने बैंकको भनाई छ । 

प्रभु बैंकका चितवन क्लष्टर प्रमुख साङ्ग्रिला श्रेष्ठले चितवन र यस वरपरका जिल्लाका विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै सेवा सुरु भएको बताइन् । बैंकले विद्यार्थी तथा अभिभावकको वित्तीय सहजताको लागि चितवनबाटै सेवा सुरु गरेको उनको भनाई थियो । एजुकेसन लोनको परामर्श तथा प्रक्रियाका लागि विद्यार्थीले एजुकेसन हब अथवा प्रभु बैंकको  जुनसुकै शाखाबाट सेवा लिन सक्ने क्लष्टर प्रमुख श्रेष्ठले जानकारी दिइन् । 

प्रभु बैंकको  नारायणगढ शाखा प्रमुख राजु पन्तले विद्यार्थीहरूको डकुमेन्टसन पुरा भएको अधिकतम पाँच दिन भित्र ऋण स्वीकृति हुने जानकारी दिए। यसका लागि अलग्गै कर्मचारीहरू खटाइएको समेत उनले जानकारी दिए । बैंकले यसअघि यो सेवा गण्डकी प्रदेशमा सेवा सुरु गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप