आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

टी–२० महिला विश्वकप : भारतसँग हार्‍यो पाकिस्तान

आइतबार, २० असोज २०८१, २० : ००
आइतबार, २० असोज २०८१

दुबई । टी–२० महिला विश्वकपमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । आइतबार भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ६ रनको लक्ष्य भारतले मात्र ४ विकेटको क्षतिमा ७ बल बाँकी छँदै पछ्यायो ।

भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । रिटायर्ड हर्ट हुनअघि कप्तान हरमनप्रित कौरले २४ बलमा २९ रन जोडिन् । त्यस्तै, जेमिमा रोड्रिग्वेजले २३ रनको योगदान दिइन् ।

पाकिस्तानका लागि फातिमा सानाले २ तथा सादिया इक्बाल र ओमाइमा सोहेलले १–१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । पाकिस्तानका लागि निदा दारले २८ रनको योगदान दिइन् ।

त्यस्तै, मुनिबा अलीले १७ रन, सायेदा अरुब शाहले १४ र फातिमा सानाले १३ रन जोडिन् । भारतका लागि अरुन्धती रेड्डीले ३ तथा श्रेयंका पाटिलले २ विकेट लिइन् । रेनुका सिंह, दिप्ती शर्मा र आशा शोभनाले १–१ विकेट हात पारे ।

प्रतियोगितामा भारतको यो पहिलो जित हो भने पाकिस्तानको पहिलो हार । २ खेलपछि दुवै टोलीको २–२ अङ्क रहेको छ । तर, नेट रन रेटका आधारमा पाकिस्तान तेस्रो र भारत चौथो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप