आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नयाँ सञ्चालक मनोनयन

आइतबार, २० असोज २०८१, २० : ००
आइतबार, २० असोज २०८१

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको असोज १९ गते सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए ।

सभाले आर्थिक वर्ष २०८०र८१ को वित्तीय विवरण पास गर्दै शेयर धनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।

सभामा कम्पनीको नाम परिवर्तन गरी ‘नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि’ राख्ने निर्णय भएको छ । कम्पनीले भविष्यमा नियामक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको जनाएको छ । त्यसैले पुजी वृद्धि र समान प्रकृतिका कम्पनीहरू मर्जर गर्ने निर्णय पनि भएको जनाइएको छ ।  

यस्तै सभाले आगामी चार वर्षका लागि देवेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम विष्ट, अजय कुमार मिश्र र शिवराज (माधव) दवाडी लाई सञ्चालकमा निर्विरोध मनोनयन गरेको छ । 

सञ्चालकको मनोनयनपछि सभामा नै सञ्चालकहरूले एक मतले अध्यक्षमा देवेन्द्र प्रताप शाहलाई  र रमेश कुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थियो  ।

साधारण सभामा २९ जना शेयरधनि मध्ये २१ जनाको उपस्थिति रहेको रमेश कुमार भट्टराईले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप