नेपाल प्रिमियर लिग क्रिकेट : सन्दीप जोरा लुम्बिनी र गुल्सन झा कर्णालीमा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा सन्दीप जोराले लुम्बिनी लायन्सबाट र गुल्सन झाले कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा सन्दीप जोरालाई लुम्बिनी लायन्सले आफ्नो टोलीमा भित्राएको हो ।
अक्सनमा उनलाई लुम्बिनी लायन्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो । उनी क्याटेगोरी ‘ए’ मा रहेका थिए । उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ ताकिएको थियो ।
यसैगरी, प्रभावशाली खेलाडी गुल्सन झालाई कर्णाली याक्सले किनेको छ । अक्सनमा उनका लागि कर्णाली याक्सले १५ लाख रुपैयाँ खर्चिएको हो । ‘ए’ क्याटेगोरीमा रहेका गुल्सनको न्यूनतम मूल्य १० लाख रुपैयाँ निर्धारण गरिएको थियो ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन गाह्रो : देउवा
-
बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू
-
‘मेजर ब्रेक थ्रु’ हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सत्ता गठबन्धन दलहरूको सुझाव
-
एसपिजि अटोमोबाइल्स, ‘इभी पायोनियर अवार्ड’ द्वारा सम्मानित
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे जिन्दगी जाला