आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपत्ति

कोशीमा पूर्वाधार क्षेत्रमा मात्रै चार अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति !

आइतबार, २० असोज २०८१, १८ : ४८
आइतबार, २० असोज २०८१

विराटनगर । गत साता परेको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण कोशी प्रदेशमा भौतिक पूर्वाधार क्षेत्रमा मात्रै ४ अर्ब ६३ करोड ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सडक, पुल, झोलुङ्गे पुलमा भएको क्षतिको विवरण आइतबार सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको विवरण अनुसार ६० वटा सडक, १५ वटा पुल र १७ वटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ । जसले गर्दा १ अर्ब २ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए ।

सबैभन्दा बढी क्षति उदयपुर र खोटाङमा भएको छ । उदयपुरमा ११ वटा र खोटाङमा २७ वटा सडकमा क्षति पुगेको छ । क्षति भएका ती संरचना तत्काल बनाउनुपर्ने खालको रहेको राईले जानकारी दिए ।

यस्तै ४१ वटा सडक, २ वटा पुल र ८ वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेको मन्त्री राईले जानकारी दिए । राईले पूर्ण रूपमा र आंशिक रूपमा क्षतिग्रस्त संरचनाको क्षतिको प्रारम्भिक अनुमान चार अर्ब ६३ करोड ५० लाख रुपैयाँ रहेको बताए । उक्त क्षतिको विवरण संघीय सरकार र प्रदेश सरकारले निर्माण गरेका संरचनाको रहेको उनको भनाइ छ ।

हेर्नुहोस् विवरण

Chheti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप