काभा यू–२० पुरुष भलिबल : नेपालको विजयी सुरुवात
आइतबार, २० असोज २०८१, १८ : ४४

काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा आइतबारदेखि सुरु भएको काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपाली टोलीले आइतबार भएको आफ्नो पहिलो खेलमा आयोजक श्रीलंकालाई ३–० को सेटले हराएको हो ।
नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२३ र तेस्रो सेट २८–२६ ले जितेको छ ।
प्रतियोगितामा नेपालसहित आयोजक श्रीलङ्का, माल्दिभ्स, किर्गिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तान गरी ६ वटा क्षेत्रीय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबिच असोज २६ गते फाइनल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा चढ्ने तयारीमा रहेका असई सत्याललाई प्रधानमन्त्रीको बिदाइ
-
शिक्षकहरूमाथि प्रहरीले बल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको उदाहरण : शेखर कोइराला
-
शिक्षकहरूलाई अनावश्यक उत्तेजित गर्ने काम भयो : एमाले
-
एनआरएनएको महाधिवेशन सार्न माग गर्दै दायर गरिएको रिटमा कारण देखाऊ आदेश (आदेशसहित)
-
जनताले अपेक्षा गरेको भ्रष्टाचार नियन्त्रण हुन सकेन : उपाध्यक्ष भुसाल
-
दुई खेलाडीको उत्कृष्ट अर्धशतक, मुम्बईले लखनऊलाई दियो २१६ रनको लक्ष्य