आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

एक लाखभन्दा बढी मेट्रिक टन रासायनिक मल मौज्दात

आइतबार, २० असोज २०८१, १८ : २४
आइतबार, २० असोज २०८१

काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालयसँग एक लाखभन्दा बढी मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ ।  मन्त्रालयले पछिल्लो रासायनिक मलको मौज्दात विवरण सार्वजनिक गर्दै १ लाख २६ हजार १८७ मेट्रिक टन रासायनिक मल रहेको जनाएको हो ।

मन्त्रालयसँग युरिया मल ८२ हजार ३८४ मेट्रिक टन रहेको छ । यस्तै, डीएपी ३७ हजार १९० मेट्रिक टन र पोटास ६ हजार ६११ मेट्रिक टन रहेको मन्त्रालयको तथ्यांक छ ।

यस्तै, १ लाख २६ हजार १८७ मेट्रिक टन रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिटेडसँग ९१ हजार ६५ हजार ५१ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग ३४ हजार ५३६ मेट्रिक टन मल रहेको मन्त्रालयले जनाएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप