भारतले सहयोग गर्ने आशमा माल्दिभ्सका राष्ट्रपति मुइज्जु

नयाँदिल्ली । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारतको भ्रमणमा आउँदैछन् । आफ्नो भ्रमणअघि बीबीसीसँगको कुराकानीमा अहिलेको आर्थिक सङ्कट टार्न माल्दिभ्सलाई सहयोग गर्न भारत अगाडि आउनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् । मुइज्जु पाँच दिने भारत भ्रमण आइतबारदेखि सुरु हुँदैछ ।
मुइज्जुले भारतसँग सहयोग माग्न सक्ने विश्वास गरिएको छ । माल्दिभ्सले यतिबेला ठुलो आर्थिक सङ्कटको सामना गरिरहेको छ । माल्दिभ्स ऋणको सावा र ब्याज तिर्न नसकेर डिफल्टमा जाने स्थितिमा छ । उसको विदेशी मुद्रा सञ्चिति पनि ४४ करोड डलरमा झरेको छ । यो भनेको डेढ महिनालाई मात्रै आयात गर्न पुग्ने रकम हो ।
भारत भ्रमणअघि मुइज्जुले बीबीसीलाई इमेलमार्फत अन्तरवार्ता दिएका थिए । ‘विकासमा भारत हाम्रो सबैभन्दा ठुलो साझेदार हो र हाम्रो अवस्थाबारे ऊ पूर्ण रूपमा सचेत छ । हामी आशा गर्छौँ कि भारत सधैँ हामीले सामना गर्ने चुनौतीहरूको लागि राम्रो विकल्प र समाधान खोज्न तयार हुनेछ ।’
मुइज्जुले आशा व्यक्त गरेका छन् । पछिल्लो समय भारत र माल्दिभ्सबिचको सम्बन्ध तितो भएको छ । ‘इन्डिया आउट’ नारा मोहम्मद मुइज्जुको चुनावी अभियानको एक हिस्सा थियो । माल्दिभ्सका राष्ट्रपतिले यस अभियानको बारेमा प्रत्यक्ष रूपमा केही भनेनन् । तर आपसी वार्ताबाट कुनै पनि विवाद समाधान गर्न सकिने उनले बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री सुपुष्पा भन्छिन्– फेरि रेशम फिरिरिमा मेरो भूमिका बोल्ड छ
-
इटलीकी प्रधानमन्त्रीले वामपन्थी नेताहरूलाई भनिन्– ‘पाखण्डी’
-
प्रतिपक्षमा रहेका पार्टीका दलित जनसंगठनको संयुक्त विरोधसभा
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त