आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

भारतसँग हुने मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट

आइतबार, २० असोज २०८१, १७ : ३६
आइतबार, २० असोज २०८१

काठमाडौँ। नेपाल खो खो संघले नेपाल र भारतबिच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष/महिला टोलीको घोषणा गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको खो खो संघले जनाएको छ ।

पुरुष/महिला दुवैमा समान १५–१५ खेलाडीको अन्तिम छनोट गरिएको खो खो संघका कार्यवाहक अध्यक्ष छत्रबहादुर शाहीले जनाएका छन् । दुवै समूहमा समान १०–१० वैकल्पिक खेलाडी पनि सार्वजनिक गरिएको छ ।

पुरुषमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार वर्मा, झलक विक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन वल, जोगिन्द्र राना, भरत सारु र गणेश विक रहेका छन् ।

वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोद राय दनुवार, धर्मराज कुश्वाह, मुकेश गोडार, विकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान छन् ।

महिलामा सरस्वती कठायत, मानमति धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दिपा विक, निशा शाही, कर्मा शाही, सम्झना विक, दिपा विक, खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले रहेका छन् ।

प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अम्रता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक सूचीमा छन् ।

मैत्रीपूर्ण प्रतियोगिता असोज २१ र २२ गते हुनेछ । भारतको पनि राष्ट्रिय टिमको सहभागिता रहने कार्यवाहक अध्यक्ष शाहीले जानकारी गराए । पुरुष÷महिलामा समान ४–४ खेल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप