आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

रोहिणी गाउँपालिकामा लालपुर्जा वितरण

आइतबार, २० असोज २०८१, १७ : ३१
आइतबार, २० असोज २०८१

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गरिएको छ । रोहिणी गाउँपालिका र नापी कार्यालयले  एक कार्यक्रम आयोजना गरी आइतबार जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । यसरी वितरण गरिएको गाउँ ब्लक जग्गाका लालपुर्जा हुन् । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १६ जनालाई लालपुर्जा वितरण गरेका थिए । बाँकी लालपुर्जा आयोजकले वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री अधिकारीले वषौँदेखि लालपुर्जा नपाएका जनतालाई लालपुर्जा दिन योजनाबद्ध  योजना अन्तर्गत लालपुर्जा वितरण गरिएको बताए । उनले उखडा र बहाल बिटौरी जग्गामा बसेका नागरिक पनि लालपुर्जाबाट वञ्चित भएको बताए ।

रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोबास रहेका र उनीहरूलाई छिटोछरितो रूपमा जग्गा दिनका निम्ति लागिपरेको उनले बताए । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले रुपन्देहीमा पछिल्लो समय ६७५ हेक्टर जग्गाको पुर्जा वितरण गरिसकिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप