आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

आइतबार, २० असोज २०८१, १७ : २०
आइतबार, २० असोज २०८१

काठमाडौँ । चितवन, गोरखा र मोरङ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

  • चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी बजारमा ना.४२ प ४८९० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१७ बस्ने ६२ वर्षीय धनिराम महतोको मृत्यु भएको छ । मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । 
  • गोरखा, गोरखा नगरपालिका-१० हुल्चेस्थित सडकमा हाल नम्बर नखुलेको क्रेन करिब २० मिटर तल खोल्सामा खसेर आइतबार दिउँसो दुर्घटना हुँदा सोही क्रेनले च्यापिएर बारा जितपुर सिमरा उपमहानगरपालिका-१९ बस्ने १९ वर्षीय प्रिन्स अन्सारीको मृत्यु भएको छ । क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • मोरङ, बुढिगंगा गाउँपालिका-४ गोकुवाचोकस्थित सडकमा प्र.१-०२-०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्र.१-०२-००१ क ३७१३ नम्बरको ट्रकले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सङ्खुवासभा घर भएका २७ वर्षीय चन्द्र बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप