आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
माैसम

कमजोर हुँदै मनसुनी वायु, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरियो

आइतबार, २० असोज २०८१, १७ : ०९
आइतबार, २० असोज २०८१

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यस वर्षको मनसुन बाहिरिन थालेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आइतबार साढे चार बजे जारी गरेको बुलेटिनमा यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भागबाट बाहिरिएको छ । त्यस्तै लुम्बिनी प्रदेशका थोरै स्थानबाट पनि यस वर्षको मनसुन बाहिरिएको छ । 

मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप