मन्त्री राणाद्वारा इजरायल र लेवनानमा विकसित अवस्थाबारे राजदूतहरूसँग संवाद
आइतबार, २० असोज २०८१, १६ : ५३

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले इजरायल र लेवनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहेका नेपाली नागरिकहरुको अवस्थाका बारेमा सम्बन्धित देशका राजदूतहरुसँग जानकारी लिएकी छन् । मन्त्री राणाले आइतबार इजिप्ट, इजरायल र पाकिस्तानका नेपाली राजदूतहरुसँग जानकारी लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।
‘उहाँहरुले ती देशमा नेपालीहरु अहिलेसम्म सुरक्षित रहनुभएको र अप्ठेरोमा परेका नेपालीहरुलाई सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत् आह्वान गरिएको जानकारी गराउनुभयो’, राजदूतहरुको भनाइ उधृत गर्दै मन्त्री राणाले आवश्यकताअनुसार नेपाली नागरिकहरुलाई सहयोग र समन्वय गर्न तथा उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था भए त्यसका लागि समेत आवश्यक गृहकार्य गरी मन्त्रालयलाई निरन्तर जानकारी गराउन भनेको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा