मेक्सिको–ग्वेटेमाला सीमामा गोली प्रहारमा घाइते हुनेमा ३ नेपाली पनि
आइतबार, २० असोज २०८१, १६ : ५०

मेक्सिको सिटी । मेक्सिको–ग्वेटेमालाको सीमा नजिक ११ जना नेपाली समेत पाकिस्तान लगायत विविध देशका आप्रवासीहरू सवार रहेको एक सवारी साधनमा गोली चल्दा तीन नेपाली घाइते भएका छन् ।
वाशिङ्टन डीसीस्थित नेपाली दूतावासले तीन नेपाली घाइते भएको पुष्टि गरेको हो । मेक्सिकोको सेनाले हानेको गोली लागेर सो घटनामा ६ आप्रवासीको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए ।
यस अघि मृतक र घाइतेको राष्ट्रियता खुलाइएको थिएन । यो घटना मंगलबार अक्टोबर २ मा स्थानीय समयअनुसार साँझ ९ बजे घटेको थियो ।
आप्रवासीहरू पिक–अप ट्रकलाई त्यस्तै खालका अन्य दुई सवारी साधनले पछ्याइरहेका थिए । विस्फोटको आवाज सुनेपछि केही सेनाले गोली चलाएका थिए । यस क्रममा घटनास्थलमा ४ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा अरू दुई जनाको मृत्यु भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा