नेपाल प्रिमियर लिग क्रिकेट : जनकपुर बोल्ट्सले १५ लाखमा किन्यो अनिलकुमार साहलाई

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा अनिलकुमार साहले जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन् । एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा अनिललाई जनकपुर बोल्ट्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।
यसैगरी, नारायण जोशीलाई पोखरा एभेन्जर्सले खरिद गरेको छ । पोखरा एभेन्जर्सले उनलाई १० लाख रुपैयाँमा खरिद गरेको हो । शंकर राणालाई काठमाडौँ गुर्खाजले नौ लाख ५० हजारमा किनेको छ । यसैगरी, जितेन्द्रकुमार मुखियाले भने विराटनगर किङ्सबाट आगामी एनपीएल खेल्ने भएका छन् । अक्सनमा उनलाई विराटनगर किङ्सले पाँच लाख रुपैयाँमा खरिद गरेको हो ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् । सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का
-
‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह
-
बुल्दीखोला पुल सम्झौताभन्दा चार महिना अगावै तयार
-
गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन
-
भारतको एक्सनपछि पाकिस्तानले पनि बोलायो सुरक्षा समितिको बैठक
-
बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै