आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
अक्सन

नेपाल प्रिमियर लिग क्रिकेट : पोखराले सागर ढकाल र लुम्बिनीले विवेक यादवलाई किन्यो

आइतबार, २० असोज २०८१, १६ : २०
आइतबार, २० असोज २०८१

 काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सागर ढकालले पोखरा एभेन्जर्स र विवेक यादवले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।

एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा सागर ढकाललाई पोखरा एभेन्जर्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।

उनका लागि पोखरा एभेन्जर्सका अतिरिक्त सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्सले पनि १५ लाख रुपैयाँको बोली लगाएका थिए । त्यसपछि गोलप्रथा गरिएको थियो । गोलाप्रथामा पोखरा एभेन्जर्सले उनलाई आफ्नो बनायो । क्याटेगोरी ‘ए’ मा रहेका उनको न्यूनतम मूल्य १० लाख रुपैयाँ निर्धारण गरिएको थियो ।

यसैगरी, विवेक यादवलाई पनि लुम्बिनी लायन्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो । उनको न्यूनतम मूल्य पनि १० लाख रुपैयाँ तोकिएको थियो । उनी पनि गोलप्रथाबाटै लुम्बिनी लायन्स पुगेका हुन् । 

अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।

सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप