नेपाल प्रिमियर लिग क्रिकेट : दीपेश कँडेल काठमाडौँ र सन्तोष कार्की चितवनमा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा दीपेश कँडेलले काठमाडौँ गुर्खाज र सन्तोष कार्कीले चितवन राइनोजबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा दीपेश कँडेललाई काठमाडौँ गुर्खाजले पाँच लाख रुपैयाँमा खरिद गरेको हो । सन्तोष कार्कीलाई पनि चितवन राइनोजले पाँच लाख रुपैयाँमै खरिद गरेको हो ।
यसैगरी, सुमित महर्जनलाई काठमाडौँ गुर्खाजले पाँच लाख रुपैयाँमा खरिद गरेको छ । अमित श्रेष्ठलाई सुदूरपश्चिम रोयल्सले तीन लाख ५० हजार रुपैयाँमा किनेको छ । रित गौतमलाई कर्णाली याक्सले पाँच लाख रुपैयाँमा खरिद गरेको छ । दीनेश अधिकारीलाई लुम्बिनी लायन्सले दुई लाख ७५ हजार रुपैयाँमा खरिद गरेको छ ।
अक्सनमा एक सय ४२ जना खेलाडी सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।
सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरको मंगलबजारमा ११ वर्षीया बालिका मृत फेला
-
नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा यस्तो देखियो पर्यटकीय राजधानी पोखराको लेकसाइड क्षेत्र [तस्बिरहरु]
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु