कांग्रेस कार्यकर्ताद्वारा यमुनामाई गाउँपालिकामा तालाबन्दी

रौतहट । नेपाली कांग्रेसका स्थानिय नेता कार्यकर्ताहरूले रौतहटको यमुनामाई गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
वडा नम्बर ४ को कार्यालय पायक स्थानमा सञ्चालन गर्नुपर्ने माग गर्दै कांग्रेस गाउँ कमिटी कार्यकर्ताहरूले गाउँपालिका कार्यालयमा आइतबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेको हो।
दोस्रो पटक निर्वाचित भएका वडा ४ का अध्यक्ष अश्वनीकुमार यादव (चेतन यादव) ले अपायक स्थानबाट वडा कार्यालय सञ्चालन गर्दा सेवाग्राहीलाई निकै कठिनाइ हुने गरेको कांग्रेसको तर्क छ।
पटक पटक वडा अध्यक्ष, पालिका अध्यक्षसँगै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नहुँदा
बाध्य भएर २४ घण्टे रिले अनसन बसेको कांग्रेस पालिका सभापति सिताराम यादवले बताए।
यमुनामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामश्रेष्ठ यादवले तालाबन्दीको कारण अहिले चलिरहेको विपद व्यवस्थापनको कामहरू प्रभावित भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम डब्लुएचओ सल्लाहकार समितिको उपाध्यक्ष नियुक्त
-
अभियान र अधिवेशन वैशाखसम्म सक्ने जसपा नेपालको तयारी
-
केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा
-
रास्वपा केन्द्रीय समिति बैठकमा सुमनाले राजीनामाबारे गराइन् जानकारी
-
सुमनाको प्रस्टीकरण : नेतृत्वसँग छलफल गरेर राजीनामा दिएकी हुँ
-
बिरामी परे रोबर्टो कार्लोस, नआउने भए एनएसएल हेर्न