आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

अमेजन प्राइममा नेपाली फिल्म ‘अनौठो तृष्णा’

आइतबार, २० असोज २०८१, १५ : ५९
आइतबार, २० असोज २०८१

काठमाडौँ । अन्तर्राष्ट्रिय ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोबाट नेपाली फिल्म अनौठो तृष्णा सार्वजनिक हुने भएको छ । फिल्म मंगलबार अक्टोबर ८ मा यसै मार्फत वर्ड प्रिमियर हुन लागेको हो ।

निरञ्जन प्रधानको निर्देशन रहेको फिल्ममा विजय बराल, नवीन न्यौपाने, महेश त्रिपाठी, श्रेष्ठ खड्का, अलिसा शर्मा, विकास लामिछाने लगायत कलाकारको मुख्य भूमिका छ । 

क्राइम तथा सस्पेन्स जनराको यो फिल्मको कथा बाबुराम निरौलाले लेखेका छन् । स्टर्म क्रो प्रोडक्सन नेपाल र स्टर्म क्रो फ्रेमवर्क अस्ट्रेलियाको निर्माणमा बनेको यो फिल्मका निर्माता सुगम आचार्य र निरन्जनले प्रधान हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप