५६ अंकले बढ्यो नेप्से

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । बजार उच्च अंकले बढ्दा परिसूचक २६५३.५८ बिन्दुमा उक्लिएको छ ।
आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको घट्दा २ कम्पनीको भने मूल्य स्थिर रह्यो । कुल १ करोड ५० लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा समग्रमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।
आज नाग्दी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत्, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।
कारोबार रकमका हिसाबले आइतबार सहास ऊर्जा शीर्ष स्थानमा रह्यो । यसको ६३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर तथा विकास कम्पनीको २५ करोड ५७ लाख रुपैयाँको कारोबार भयो ।
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । फाइनान्स उपसमूहमा भने लगानीकर्ता सबैभन्दा बढी झुम्मिए । यो उपसमूहको सूचक ६.३० प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र भारतीय कृषिमन्त्री चौहानबीच भेटवार्ता
-
दुई आयोगका पदाधिकारी र सदस्यका लागि निवेदन दिने १० दिनको समय निर्धारण
-
ट्रम्पले १ सय ४ प्रतिशत कर लगाएपछि चीनले अमेरिकामाथिको कर ८४ प्रतिशत पुर्याइयो
-
इजरायलले गाजामा गर्यो आक्रमण : २९ जनाको मृत्यु
-
नेपालमा चोरी, भारतमा बिक्री : ६ वटा मोटरसाइकलसहित गिरोह पक्राउ
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ