आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेपाल कम्युनिस्ट पार्टीका नेता गजुरेललगायत सिंहदरबारबाट पक्राउ

आइतबार, २० असोज २०८१, १५ : ३१
आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका नेताहरू पक्राउ परेका छन् । सिंहदरबारस्थित दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा आइतबार दिउँसो उनीहरू पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोटगीसहित ६ जना रहेका छन् । उनीहरू बाढी पीडितहरूका लागि राहत व्यवस्था गर्न माग गर्दै सिंहदरबार गेटमा भेला भएर प्रदर्शनमा उत्रिएका थिए । 

पक्राउ परेकाहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको सो पार्टीले जनाएको छ । सो पार्टी केही समयअघि मोहन वैद्य समूहबाट फुटेर नयाँ गठन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप