आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
अक्सन

नेपाल प्रिमियर लिग क्रिकेट : गोलाप्रथामार्फत विराटनगर पुगे लोकेश बम

आइतबार, २० असोज २०८१, १५ : २५
आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा लोकेश बमले विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

एनपीएलका लागि आइतबार काठमाडौँमा आयोजित खेलाडी अक्सन (खरिद–बिक्री) प्रक्रियामा लोकेश बमलाई विराटनगर किङ्सले १५ लाख रुपैयाँमा खरिद गरेको हो । एकभन्दा बढी क्लबले १५ लाख रुपैयाँको बोली लगाएपछि गोलाप्रथा गरिएको थियो ।

गोलाप्रथामा विराटनगर किङ्स भाग्यमानी बनेको हो । एक सय ४२ जना खेलाडी अक्सनमा सहभागी छन् । एनपीएल क्रिकेट आगामी मंसिर १६ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ । एनपीएलमा आठ टोली सहभागी छन् ।

सहभागी टोली विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गुर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप