हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाइयोः बुद्ध एयर
आइतबार, २० असोज २०८१, १५ : १७

काठमाडौँ । बुद्ध एयरले हवाई टिकटमा अंकित रकमलाई गलत नियतका साथ केही व्यक्ति तथा समूहले डिजिटल्ली एडिट गरेर बढी बनाउने काम गरेको गुनासो गरेको छ । टिकटमा बढी रकम असुली गरेको भन्ने प्रचारबारे गम्भीर ध्यानाकर्षण भएको एयरलाइन्सले जनाएको छ ।
‘हवाई टिकटमा अंकित रकमलाई डिजिटल्ली एडिट गरेर बढी बनाइ रकम असुलेको गुनासोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, एयरलाइन्सले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेको छ ।
यात्रुहरूले टिकटको वास्तविक मूल्य बुझ्न एयरलाइन्सको वेबसाइटको टिकट स्टाटसबाट सजिलै चेकजाँच गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकहरूको बढुवा तथा पदस्थापन
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम