आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
दसैँ

वर्षा रोकिएपछि ३ लाख ८० हजार मानिस उपत्यकाबाट बाहिरिए

पछिल्लो १२ घण्टामा १६ हजारले छाडे काठमाडौँ
आइतबार, २० असोज २०८१, १५ : ११
आइतबार, २० असोज २०८१

काठमाडौँ । असोज ११ र १२ मा आएको अविरल वर्षापछि सडक अवरुद्ध हुँदा दसैँ मनाउन पुर्ख्यौली थातथलोमा फर्किन खोज्नेहरू काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका छन् । वर्षा रोकिएपछि असोज १४ देखि आजसम्म ३ लाख ८० हजार मानिसले उपत्यका छाडेका छन् ।

पछिल्लो एक हप्तामा ३ लाख ८० हजार १६४ जना मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले रातोपाटीलाई बताए । असोज १९ गते साँझ ६ बजेबाट आइतबार बिहान ६ बजेसम्म जम्मा १६ हजार ४६५ जना बाहिरिएका छन् ।

सो अवधिमा ७ हजार १८ जना उपत्यकामा भित्रिएका छन् । असोज १४ पछि २ लाख ६० हजार ६२९ जना उपत्यका भित्रिएका छन् । उपत्यका भित्रिन चाहने करिब ५ सय सवारी साधनमा कभ्रेपलाञ्चोकको रोशीखोलामा रोकिएका छन् । 

काठमाडौँ उपत्यका बाहिरिने मुख्य नाका नागढुंगामा सवारी आउने र जाने चाप बढेको छ । भक्तपुरको जगातेबाट दोलालबाट र काभ्रेको भकुन्डेतर्फ जाने सवारी मात्रै छुटेका छन् ।

वीपी राजमार्ग अवरुद्ध भएको हुनाले जगातेबाट थोरै सङ्ख्यामा सवारी बाहिरिने गरेको डीएसपी कार्कीले जानकारी दिए । चित्लाङ र रामकोट तर्फबाट साना सवारी साधन बाहिरिएका छन् ।

दक्षिणकालीस्थित फर्पिङको सडक अवरुद्ध हुँदा त्यसतर्फ सवारी आवागमन रोकिएको छ । टोखाबाट नुवाकोटतर्फ जाने नाका निर्बाध रुपमा चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप