आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरू बनाउने तयारीमा छौँ : मन्त्री पौडेल

आइतबार, २० असोज २०८१, १४ : ४८
आइतबार, २० असोज २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले सात वटै प्रदेशमा अटिजम भएका बालबालिकाहरूको लागि तालिम दिने केन्द्रहरू बनाउने तयारी गरिरहेको बताएका छन् ।  

गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यलाई मध्यनजर गरी मानसिक स्वास्थ्य (ओपिडी) सेवा र नवजात शिशुमा हुनसक्ने मेटाबोलिक रोग पत्ता लगाउन गरिने न्युबर्न स्क्रिनिङ सेवाको शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री पौडेलले अटिजमको समस्या भएका बालबालिकाहरू धेरै रहेकाले उनीहरूको लागि सात वटै प्रदेशमा तालिम दिने र सीप सिकाउने केन्द्रहरूको निर्माण गर्ने तयारीका लागि मन्त्रालयले समिति बनाउने पहल गरिरहेको बताए । उनले जन्मिएको शिशुलाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निष्कर्ष निकाल्ने स्थिति नेपालमा हुनुपर्ने बताए । उनले कुनै समस्या भए स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति निर्माण गर्न जरुरी रहेको बताए । बालबालिकाहरूमा उमेर बढ्दै जाँदा विकसित हुँदै जाने समस्याहरूको पहिचान गरेर सुरुमै उपचार गर्ने स्थिति बनाउन सक्नुपर्ने बताए । 

उनले भने, ‘जन्मिएको बच्चालाई विशेषज्ञ चिकित्सकले ओल्टाइपल्टाइ हेर्ने र उसको पूर्ण अंग विकसित भएको निष्कर्ष निकाल्ने स्थिति बन्नुपर्‍यो । कुनै समस्या रहेछ भने बच्चाको स्क्रिनिङ गरेर उपचार गर्ने परिस्थिति हामीले निर्माण गर्न सक्नुपर्छ । त्यो प्रसूतिबाट सुरु भएको छ । प्रसूतिकै नेतृत्वमा अन्य अस्पतालहरूमा पनि यसलाई हामीले बिस्तार गर्नेछौँ ।’

मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा थप सेवाहरू उपलब्ध गराउने, स्वास्थ्य क्षेत्रलाई पूर्णता दिने र सेवा प्रभावकारी बनाउने बारेमा गम्भीर रूपमा छलफल गरिरहेको बताए । 

मन्त्री पौडेलले नवजात शिशु जन्मिएको केही दिनभित्र गरिने न्यु बर्न स्क्र्यानिङ टेस्टको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सेवा शुभारम्भ गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप