चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
आइतबार, २० असोज २०८१, १४ : ०२

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएका २६ वटा दुइपांग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । चोरी भएका ती सवारी साधन ट्राफिक प्रहरीले काँडाघारी, सानोथिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगन्ज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कलंकीबाट फेला पारको थियो ।
साउन महिनायता चोरी भएका १४१ वटा दुईपांग्रे सवारी अनुसन्धानबाट पत्ता लगाएर धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा धुलोयुक्त तीव्र आँधी
-
जसपा रुपन्देही जिल्ला अधिवेशन बैशाख १३ गते गर्ने निर्णय
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल