आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

चिनियाँ ह्‌याकरहरूले अमेरिकी दूरसञ्चार कम्पनीलाई बनाए निशाना

आइतबार, २० असोज २०८१, १३ : ४६
आइतबार, २० असोज २०८१

वाशिङटन । चीन सरकारसँग सम्बन्धित ह्याकरहरूको समूहले पछिल्ला केही दिनयता कयौँ अमेरिकी दूरसञ्चार कम्पनीहरूमाथि हमला गरेका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अत्यधिक कुशल ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीलाई निशाना बनाएका थिए ।

खबरका अनुसार चिनियाँ ह्याकरहरूले वायरट्याप वारेन्ट अनुरोधमा समेत पहुँच बनाएको  हुनसक्छ । यस ह्याकिङमा भएको क्षतिबारेमा अझै अनुसन्धान भइरहेको छ । चिनियाँ ह्याकरहरूले अमेरिकाका प्रमुख दूरसञ्चार कम्पनीहरू एटीएन्डटी, भेरिजोन र लुमेनलगायत कयौँ प्रमुख ब्रोडब्यान्ड र इन्टरनेट प्रदायक कम्पनीहरूलाई निशाना बनाएका छन् ।

बढ्न सक्छ अमेरिका र चीनबिच तनाव
चिनियाँ ह्याकरहरूको घुसपैठले सम्भावित राष्ट्रिय सुरक्षा जोखिमबारे अमेरिकी अधिकारीहरूबिच गम्भीर चिन्ता खडा गरेको छ । अमेरिकी टेलिकम्युनिकेसन कम्पनीहरूमा चिनियाँ ह्याकरहरूले गरेको यो साइबर हमला अत्यन्त आधुनिक र परिष्कृत भएको खबर आएका छन् ।

यसले साइबर जासुसी र विभिन्न सुरक्षा मुद्दाहरूमा चीन र अमेरिकाबिच जारी तनावलाई अझ बढाउन सक्छ । अमेरिकी दूरसञ्चार उद्योगले त्यहाँको इन्टरनेट र फोन सञ्चारको मेरुदण्ड हो । टेलिकम कम्पनीहरूसँग कलर र प्रयोगकर्ताका धेरै डाटा छन् । त्यसैले साइबर आक्रमणको निशानामा दूरसञ्चार कम्पनी पर्ने गरेका छन् ।

साइबर आक्रमणको सिकार भएका एटीएन्डटी र लुमेन दुवैले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् । भेरिजोनले पनि सञ्चार माध्यमहरूले सोधेका प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेको छ । अमेरिकी न्याय मन्त्रालय र एफबीआईले यी हमलाबारे अनुसन्धान गरिरहेका छन् ।

वासिङ्टन डिसीमा रहेको चिनियाँ दूतावासले साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । चिनियाँ राजदूतले यस विषयमा चीनलाई बदनाम गरेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप