आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
पुनर्निर्माण

पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय

आइतबार, २० असोज २०८१, १३ : २९
आइतबार, २० असोज २०८१

काठमाडौँ । बाढी पहिरोले गर्दा भएको क्षतिको पुनर्निर्माणका लागि अर्थ मन्त्रालय स्रोतको व्यवस्थापनमा जुटेको छ ।  अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोले ठुलो जनधनको क्षति भएको र उद्धार, राहत तथा पुनर्निर्माणमा ठुलो स्रोत लाग्ने भएकाले त्यसको गृहकार्य गर्न निर्देशन दिएका छन् । 

अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारतर्फ गइरहेका बेला बाढी पहिरोले गर्दा मानवीय क्षतिका साथसाथै निजी आवास, सडक, जलविद्युत्, शैक्षिक संस्था, कृषि, व्यवसाय लगायतमा ठुलो क्षति भएको बताए । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने भए पनि राहत र पुनर्निर्माणलाई व्यवस्थित रूपमा अघि बढाएर आर्थिक वृद्धिको आधार तयार पार्ने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । 

यसअघि नेपाल सरकारका साथै अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, एसियाली विकास बैंक लगायत निकायले नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको बताएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप