आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

फरक फरक स्थानमा तीन जना मृत अवस्थामा फेला

आइतबार, २० असोज २०८१, १२ : १५
आइतबार, २० असोज २०८१

काठमाडौँ । स्याङ्जा, सिन्धुपाल्चोक र मोरङमा गरी तीन जना मृत अवस्थामा फेला परेका छन् । स्याङ्जाको फेदीखोला गाउँपालिका–३ ठुल्डीस्थित सेती खोलामा सोही ठाउँ बस्ने ७० वर्षीय लोक बहादुर थापा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यता सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ स्याले गिदारीस्थित स्याले खोला किनारको काँसघारीमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

त्यस्तै मोरङ, विराटनगर महानगरपालिका-९ स्थित पुरानो संचयकोष अफिसको भवनको पेटिमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप