गृहमन्त्रीद्वारा ललितपुरस्थित बाढी प्रभावित क्षेत्रको अवलोकन
आइतबार, २० असोज २०८१, १२ : १३

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको वडा नम्बर–६ स्थित आनन्दवन अस्पताल, र गोदावरी–७ को माथिल्लो बुरुङचुलीमा मनसुनजन्य विपद्ले गरेको क्षतिबारे अवलोकन गरेका हुन् ।
उनले टिका भैरव र महालक्ष्मी नगरपालिकास्थित गोदावरी कुण्डको पनि अवलोकन गरे । मनसुनजन्य विपद्का कारण ललितपुरमा मात्र ४३ जनाले ज्यान गुमाएका छन् । ८ जनाको अवस्था अझै अज्ञात छ ।
गोदावरी नगरपालिकाको वडा नम्बर–७, ६, ५ र १० मा १४ जनाको मृत्यु भएको प्रहरी वृत्त चापागाउँका डीएसपी डिल बहादुर मल्लले रातोपाटीलाई बताए । बागमती गाउँपालिकामा २ जना, कोन्ज्योसोम गाउँपालिकामा ३ जना र महांकाल गाउँपालिकामा १० जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए