आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

के हो चिया पकाउने सही तरिका ?

आइतबार, २० असोज २०८१, १२ : ०७
आइतबार, २० असोज २०८१

काठमाडौँ । चियाबिना अधिकांश नेपालीको दिन सुरु हुन्न । गर्मी होस् वा जाडो, बिहान होस् वा साँझ चिया हरेक नेपालीको दिनचर्याको महत्त्वपूर्ण हिस्सा बनेको छ ।

एक कप चिया नखाई आँखै खुल्दैन भन्ने मानिसहरू हाम्रा आसपासमा धेरै भेटिन्छन् । आयुर्वेदिक दृष्टिकोणबाट हेर्ने हो भने ९९ प्रतिशत मानिसलाई चिया बनाउने तरिका थाहा छैन । आयुर्वेदका अनुसार कस्तो छ चिया पकाउने विधि ? जानी राखौँ ।

धेरैजसो मानिसहरूले चिया बनाउँदा प्यानलाई ग्यासमा राखेर पहिले पानी हाल्छन् । त्यसपछि चियापत्ति, चिनी र दूध मिसाउँछन् । तर आयुर्वेदिक विधि फरक छ । यसले चियालाई स्वादिलो बनाउनुका साथै स्वस्थ्य बनाउँछ ।

आयुर्वेदअनुसार चिया बनाउन सबैभन्दा पहिले दूध लिएर ग्यासमा बसाल्नुहोस् । त्यसमा पानी मिसाउनुहोस् । त्यस पछि चिनी, अदुवा र अलैँची मिसाएपछि मात्रै चियापत्ती मिसाउनुस् ।

यसलाई केहीबेर थालले ढाकिदिनुस् । पाकेपछि ग्यास बन्द गर्नुपर्छ । यसरी पकाउँदा चिया राम्रो बन्छ र पकाउन पनि धेरै समय लाग्दैन । तपाईं धेरै चिया पिउनुहुन्छ भने यसले तपाईंलाई हानी पुर्याउँछ । धेरै चिया पिउनाले निन्द्रा आउँदैन ।

यसले पाचनसम्बन्धी समस्या निम्त्याउन सक्छ । तपाईं टन्नै पानी पिएर चिया पिउनुहुन्छ भने ग्यास र एसीडीटीको समस्याबाट बच्न सक्नुहुन्छ । धेरै चिया पिउनाले दाँतको पनि समस्या हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप