इजरायली आक्रमणको विरोधमा बगदादमा प्रदर्शन
आइतबार, २० असोज २०८१, ११ : ४२

बगदाद । प्यालेस्टाइन र लेबनानमा इजरायली सैन्य कारबाहीका साथै इजरायलले हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको विरोधमा सयौं इराकीहरू बगदादमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले इराकी, प्यालेस्टाइन र लेबनानी झण्डा र नसरल्लाहको तस्बिर बोकेका थिए ।
लेबनान र प्यालेस्टाइनप्रति ऐक्यवद्धता व्यक्त गर्दै इजरायल र अमेरिकाविरुद्ध नारा लगाएका थिए । तीन दशकभन्दा बढी समयसम्म हिजबुल्लाहको नेतृत्व गरेका नसरल्लाह सेप्टेम्बर २७ मा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी
-
तस्बिरमा हेर्नुहोस् भृकुटीमण्डपमा गणतन्त्रवादीको जनप्रदर्शन
-
जेलमा रहेका इस्तानबुलका मेयरका वकिल पनि पक्राउ
-
एमाले कांग्रेस नेतृत्वको सरकार भ्रष्टाचारीको संरक्षक : पम्फा भुसाल
-
निजी क्षेत्र सक्रिय भए मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ : मन्त्री पाण्डे
-
पिताको पाइला पछ्याउँदै ऋतिक, क्रिश ४ निर्देशन गर्ने