आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

फ्रान्सको राष्ट्रपतिलाई लाज लाग्नु पर्ने हो: नेतन्याहु

आइतबार, २० असोज २०८१, १० : २९
आइतबार, २० असोज २०८१

तेल अभिभ । लेबनानमा इजरायलले जमिनबाट आक्रमण गरिरहेको छ । यस्तोमा फ्रान्सले इजरायललाई हतियार दिन रोक लगाउनु पर्ने माग गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भड्किएका छन् । उनले आइतवार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई लाज मान्नु पर्ने भनेर भनेका थिए ।  फ्रान्सको समर्थन बिनै पनि इजरायलले जित हात पार्ने उनको भनाई थियो ।

नेतन्याहुले भिडियो जारी गर्दै इजरायलले सात वटा मोर्चामा दुस्मनबाट आफ्नो रक्षा गरिरहेको बताएका  थिए । आफूहरूले लेबनानमा हिजबुल्लाहसँग लडिरहेको पनि बताएका । इरानजस्तो बर्बर शक्तिसँग लडिरहेको इजरायलको समर्थनमा सबै सभ्य देशहरू दृढताका साथ खडा हुनुपर्ने उनको भनाई थियो । यद्यपि राष्ट्रपति म्याक्रो र अन्य पश्चिमी नेताहरूले इजरायललाई हतियार आपूर्ति रोक्न माग गरेका थिए ।

नेतन्याहुको यो बयानपछि म्याक्रोँको कार्यालयले फ्रान्स इजरायलको कट्टर मित्र भएको भनेको थियो । आफूले इजरायलको सुरक्षालाई समर्थन गर्ने भन्दै इरान वा यसका समर्थकहरूले इजरायलमाथि आक्रमण गरे फ्रान्स सधैँ इजरायलको साथमा रहने पनि भनिएको थियो । म्याक्रोँले अक्टोबर ५ मा इजरायललाई गाजामा लडाइँका लागि हतियार पठाउन प्रतिबन्ध लगाउनु पर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप