आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
न्यायालय

३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतले न्यायालय सम्हाल्दै, दिउँसो शपथ र पदबहाली

आइतबार, २० असोज २०८१, १० : ०९
आइतबार, २० असोज २०८१

काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमा प्रकाशमान सिंह राउतले आज (आइतबार) शपथ खाँदै छन्।  राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी  उनलाई शपथ खुवाउन लागिएको हो । 

शीतलनिवास स्रोतका अनुसार यसअघिका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गते देखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको हो । 

शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले  प्रशासनले थालेको छ। नयाँ प्रधान न्यायाधीश राउतलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वागत गर्ने छिन् । संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो।

असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए। राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।  सर्वोच्च अदालतसहित देशभरका अदालत भने  घटस्थापनाकै दिनदेखि दसैँ बिदा लागू भएको छ। 

सर्वोच्च अदालत र विभिन्न अदालतमा बन्दी प्रत्यक्षीकरण सुनुवाइका लागि भने खुल्ला राखिएको छ।  यसका लागि न्यायाधीश र कर्मचारीको पालो मिलाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप