आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लियोनार्दोको गोलमा इन्टर मियामीको रोमाञ्चक जित

आइतबार, २० असोज २०८१, ०९ : ५५
आइतबार, २० असोज २०८१

काठमाडौँ । अमेरिकी व्यवसायिक लिग फुटबल ‘मेजर लिग सकर’ को आफ्नो पछिल्लो खेलमा लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामीले रोमाञ्चक जित हासिल गरेको छ । इन्टर मियामीले आइतबार विहान सम्पन्न खेलमा टोरन्टोमाथि १–० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको हो ।

उक्त खेल टोरन्टोको घरेलु मैदानमा खेलिएको थियो । खेल निकै प्रतिस्पर्धात्मक थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफको इन्जुरी समयमा इन्टर मियामीले निर्णायक गोल गरेको थियो ।

इन्टर मियामीका लागि लियोनार्दो काम्पानाले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेका थिए । उनले स्टार खेलाडी लुइस स्वारेजको पासमा गोल गरेका हुन् । जितसँगै इन्टर मियामीले लिग तालिकामा आफ्नो अग्रता फराकिलो बनाएको छ ।

उक्त खेलमा प्रभावशाली अर्जेन्टिनी खेलाडी लियोनल मेस्सी ६१औँ मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदानभित्र प्रवेश गरेका थिए । इन्टर मियामीले ३३ खेलबाट ७१ अंक बटुलेको छ । इन्टर मियामीले हालसम्म २१ जित, आठ बराबरी र चार हारको नतिजा निकालेको छ ।

तालिकाको दोस्रो स्थानमा आसिन कोलम्बसले ३२ खेलबाट ६० अंक जोडेको छ । ३४ खेल खेलेको टोरन्टो भने ३७ अंकसहित तालिकाको १०औँ स्थानमा आसिन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप