आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

आज कुन सडकको अवस्था कस्तो छ ?

आइतबार, २० असोज २०८१, ०९ : ४७
आइतबार, २० असोज २०८१

काठमाडौँ । बडादसैँ सुरु भएसँगै राजधानी काठमाडौँबाट बाहिरिने यात्रुको चाप निरन्तर बढिरहेको छ । सवारी  साधनको संख्या बढेकाले नयाँ बसपार्क गेट र माछापोखरी  हुँदै  चल्ने  सवारी साधन केही क्युमा  चलिरहेका  छन् । क्यु रहेका स्थानमा ट्राफिक प्रहरीले आवागमन  सहज  बनाउने प्रयास गरिरहेको छ ।  

यता ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज  पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् । 

ललितपुरकै एकान्तकुनाबाट महालक्ष्मीस्थान तर्फ  सर्भिस लेन भएर आउने सवारी साधनलाई मुख्य लेनबाट चलाइएको छ । सडकमा खाल्डो परेकाले सवारी साधनलाई हिजोदेखि मुख्य लेनबाट चलाइएको हो  ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको खोर्सानी  खोलामा सडक भासिएकाले सवारी साधन  एक लेनमा  आलोपालो  सञ्चालन भइरहेका  छन् । नदि तथा  खोलाले  सडक कटान  गरेका  कारण विपी राजमार्ग तथा विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने कार्य भइरहेकाले फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

 यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थान तथा अन्य नाकाहरुको सवारी आवागमन भने सामान्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप