रियलको कीर्तिमानी अपराजित यात्रा जारी
मड्रिड । रियल मड्रिडले यो सिजन ला लिगामा आफ्नो अपराजित यात्रा जारी राख्दै भिल्लारियाललाई २–० गोलले पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा रियलले खेलको १४ औँ मिनेटमा अग्रता लिएको थियो । लुका मोड्रिचको पासमा फेडेरिको भालभर्डेले रियललाई अग्रता दिलाए । दोस्रो हाफमा भालभर्डेले भिनिसयस जुनियरलाई गोलको अवसर सिर्जना गर्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको अन्त्यतिर ड्यानी कार्भाहाल घाइते हुँदा भने रियलको जित खल्लो बन्न पुग्यो । स्पेनिस राइट ब्याक येरेमी पिनोसँग ठोक्किएपछि निकै पीडामा देखिएका थिए । प्रशिक्षक कार्लो एन्चेलोटीले उनको घुँडामा गम्भीर चोट लागेको जानकारी दिएका छन् ।
कार्लो एन्चेलोटीको टोली ला लिगामा पछिल्ला ४१ खेलमा अपराजित रहेको छ । टोलीले यस क्रममा ३० खेलमा जित र ११ मा बराबरी गरेको छ । प्रतियोगितामा यो दोस्रो लामो अपराजित यात्राको रेकर्ड पनि हो ।
सन् २०१८ मा बार्सिलोनाले ४३ खेलको अपराजित यात्राको रेकर्ड बनाएको थियो । त्यतिबेला टोलीले ३४ खेलमा जित र ९ खेलमा बराबरी गरेको थियो ।
शनिबारको जितपछि रियलले ९ खेलबाट २१ अङ्क बटुलेको छ । शीर्ष स्थानमा रहेको बार्साको पनि समान २१ अङ्क छ, यद्यपि, टोलीले एक खेल कम खेलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष