आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

वडा कार्यालयबाट नुन वितरण भएपछि स्थानीयलाई सहज

आइतबार, २० असोज २०८१, ०९ : २३
आइतबार, २० असोज २०८१

जुम्ला ।  जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि  पाँच केजीको नुन खरिद गर्न रु एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । 

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले यहाँका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए । “यो दसैँमा नुनको अभाव हुने छैन, ” उनले भने । 

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति  भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताए  । चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको  प्रमुख थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप