आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

राप्रपाद्वारा मन्थलीका बाढीपीडितहरूलाई राहत सामग्री वितरण

आइतबार, २० असोज २०८१, ०८ : ५०
आइतबार, २० असोज २०८१

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–१० मन्थलीमा बाढीपीडितहरूलाई राहत सामग्री वितरण गरिएको छ । 

राप्रपा मकवानपुर जिल्ला कार्यसमितिले भाँडाकुँडा, त्रिपाल, म्याट, बालबालिकाका लागि कपडा, पानी जार, विद्यार्थीहरूलाई झोलालगायतका सामान दिएको हो । उक्त राप्रपा मकवानपुरबाट ८० घर परिवारलाई सामग्री वितरण भएको बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताइन् ।

असोज ११–१२ गतेको बाढीले बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा ८० घर बगाएको छ । उक्त घरहरू भएका स्थानमा खोला बगिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप