आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
खाद्यले २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको थापथली स्थिति प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख ज्ञानु थापाले बताइन् ।
चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।
निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । दसैँमा ठुलो सङ्ख्यामा खसीबोकाको खपत हुने हुँदा व्यवसायीले विभिन्न जिल्लाबाट खसीबोका खरिद गरी उपत्यकामा ल्याएर बिक्री गर्ने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउत प्रधानन्यायाधीश नियुक्त
-
हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव
-
भारत भ्रमणमा आउँदैछन् माल्दिभ्सका राष्ट्रपति
-
टी–२० महिला विश्वकपमा आज : चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने–सामने
-
‘ज्वाइँ साब’को फुटेज टिकटकमा लिक भएकोप्रति निती शाह–जे हुन्छ राम्रैको लागि हुन्छ
-
टाँडीका डीएसपी तानिए, रञ्जन अवालाई जिम्मेवारी