आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
चाडपर्व

नवरात्रि : चतुर्थी तिथिमा कुष्माण्डा भगवतीको मन्त्रसहित पूजाविधि

आइतबार, २० असोज २०८१

आश्विन कृष्ण पक्षको चतुर्थी तिथिमा कुन भगवतीको पूजा–अर्चना गर्नुपर्दछ, भगवतीलाई कुन कुन सामग्री अपर्ण गर्नुपर्दछ, यी सबै कुराको विधिबारे जानकारी गराउँदै छु ।

२०८१ आश्विन महिनाको २० र २१ गते (दुई दिन) चतुर्थी तिथि पर्न गएको छ । यो दिन ब्रह्म मुहूर्तमा उठेर स्नानादि कर्मबाट निवृत्त भइसकेपछि शुद्ध, पवित्र वस्त्र धारण गर्नुहोस्। पूजाकोठामा गएर सबैभन्दा पहिला आफ्नो गुरुमन्त्रको जप गर्नुपर्छ । घरको नित्य पूजाहरूलाई सम्पन्न गरेर जहाँ भगवती देवीको स्थापना गर्नुभएको छ, त्यसै स्थानमा बसेर सामान्य पूजा सामग्री, पञ्चपात्रोमा जल, पञ्चामृत, कर्मपात्रोमा कुशका टुक्रालाई तयारी गर्नुपर्दछ । पूजा गरेको ठाउँमा फूल कुहिएको छ भने त्यसलाई निकालेर त्यसलाई पवित्र स्थानमा सेलाउन पनि सक्नुहुनेछ । 

कलश नउठाउनुहोला । धान, चामल, दियो नउठाउनुहोला । थालीहरूलाई परिवर्तन गर्न मिल्दैन, पूजा गर्ने मूर्तिलाई पनि परिवर्तन नगर्नुहोला । अरु सामग्री जुन–जुन राख्नुभएको छ, जुन जुन सामग्री अपर्ण गर्नुभएको छ, त्यो कुहिने अवस्थामा पुगेको छ भने त्यसलाई पवित्र स्थानमा गएर सेलाउन सक्नुहुनेछ । त्यसपछि पवित्र स्थानमा आसन गरी आचमन गर्नुहोला । 

ॐ माधवाय नमः ।
ॐ केशवाय नमः । 
ॐ नारायणाय नमः । 
‘ॐ गोविन्दाय नमः ।’ भनेर आचमन गरिसकेपछि हात धुनुहोला, कर्मपात्रको पूजा गर्नुहोला ।

‘ॐ कर्मपात्राय नमः ।’ भनेर मन्त्र पनि उच्चारण गर्नुहोला । त्यहाँको जलले आफ्नो शरीरमा, त्यहाँको वरिपरि सबैतिर सेचन गर्नुहोला । त्यसपछि कुशको टुक्रालाई भुईंमा राख्नुहोला । अर्घको पूजा गर्नुहोला । 

धुपबत्ती, नैवेद्य अपर्ण गरिसकेपछि मुख्य घडामा पूजा गर्दै आउनुभएकामा चौथो दिन त्यसै घडामा कुष्माण्डा भगवतीलाई पूजा–अर्चना गर्नुपर्दछ ।

‘ॐ अर्घपात्राय नमः ।’ भनेर अर्घको पूजा गर्नुहोस् । त्यो अर्घको जल लिएर सूर्य भगवानलाई अपर्ण गरिदिनुहोला । ‘ॐ सूर्य नारायणाय नमः ।’ भनेर सूर्य भगवानको दर्शन गर्नुहोला । 

सर्वप्रथम दियोको पूजा गर्नुहोला, किनभने हाम्रो धर्मशास्त्रमा कर्मको साक्षी भनेको दीपनारायण हुनुहुन्छ । ‘ॐ कर्मसाक्षिणं दीपनारायणाय नमः ।’
एउटा कुशको टुक्रा, पाद्यं, अघ्र्यं, आचमन्यं, पञ्चामृतं यी सबै कुराहरू अपर्ण गरेर चन्दन, फूल अक्षता, जौ–तिल हजुरको समीपमा जे जे कुराहरू छन्, ती सबैमा अर्पण गरेर अन्तिममा गएर प्रार्थना गर्नुहोला । 

प्राथना गर्ने मन्त्र यस प्रकार रहेको छ :
‘शुभम् भवतु कल्याणम् । आरोग्यम् धन संपदा ।।
ममः पाप बिनासाय दीपज्योर्तिनमोऽस्तुते । 
त्यसपछि वरुण कलशको ‘ॐ वरुण कलशाय नमः ।’ भनेर पूजा गर्नुहोला । 
आसनं समर्पयामि वरुण कलशाय नमः ।
पाद्यं समर्पयामि गं गणपताय नमः ।
अघ्र्यं समर्पयामि वरुण कलशाय नमः । 
आचमन्यं समर्पयामि वरुण कलशाय नमः । 
पञ्चामृतम् समर्पयामि गं गणपताय नमः । 
शुद्धोदक स्नानं समर्पयामि वरुण कलशाय नमः । 

एवं चन्दनं अबिर लेपनम्, जौ, तिलम् अक्षता समर्पयामि । ‘ॐ वरुण कलशाय नमः ।’ भनेर चन्दन, फूल अक्षता, जौ–तिल लगायत जे जे सामग्री छन्, ती सबै कुरा अपर्ण गरेर कलश वरुणाय भनेर प्राथना गर्नुहोला ।

अब त्यसपछि गणेश भगवानको पूजा गर्दा— 
‘ॐ आचमन्यं समर्पयामि गं गणपताय नमः । 
पाद्यं समर्पयामि गं गणपातय नमः । 
अघ्र्यं समर्पयामि गं गणपताय नमः । 
आचमन्यं समर्पयामि गं गणपताय नमः ।
पञ्चामृतं समर्पयामि गं गणपताय नमः ।
शुद्धोदक स्नानं समर्पयामि गं गणपताय नमः । 
भनेर विभिन्न मन्त्रोच्चारणद्वारा गणेश भगवानको पूजा–अर्चना गर्ने, चन्दन, फूल अक्षता, तिलहरू, लाभाहरू, सिन्दुरहरू, रातो फूल, दुबो, समी पत्रहरू अर्पण गरिसकेपछि गणेश भगवान्लाई अत्यन्त प्रिय लाग्ने पान, मेवा, मिठाई, तिलको लड्डुहरू अपर्ण गर्न सक्नुहुनेछ । 

त्यसपछि आफ्नो इष्ट देवतालाई सम्झेर कलशको मुखमा पूजा गर्नुहोला । धुपबत्ती, नैवेद्य अपर्ण गरिसकेपछि मुख्य घडामा पूजा गर्दै आउनुभएकामा चौथो दिन त्यसै घडामा कुष्माण्डा भगवतीलाई पूजा–अर्चना गर्नुपर्दछ । 

पहिला ध्यान गर्नुहोला । 
आसनम् समर्पयामि कुष्माण्डा देव्यै नमः ।
पाद्यं समर्पयामि कुष्माण्डा देव्यै नमः ।
अघ्र्यं समर्पयामि कुष्माण्डा देव्यै नमः
आचमन्यं पञ्चामृतं शुद्धोतक समर्पयामि कुष्माण्डा देव्यै नमः 

ॐ कुष्माण्डा देव्यै नमः । ॐ चन्दन लेपनं, अबिर अक्षता जौ–तिलं समर्पयामि भनेर कुष्माण्डा भगवती देवीको पूजा–अर्चना गर्नुहोला । 

चौथो दिन विशेष हामीले कुन कुन वस्तुहरू अपर्ण गर्नुपर्छ त ? मधुपर्कम् भनेर भनिन्छ । मह, सक्खर, दही मिसाएर एउटा कासको भाँडामा राखेर त्यो वस्तुलाई कुष्माण्डा भगवतीको नजिक लिएर अपर्ण गर्न सक्नुहुनेछ । त्यसपछि धुपबत्ती, नैवेद्य अपर्ण गर्नुहोला । 

त्यसपछि आरती र पुष्पाञ्जली सबै कुरा सम्पन्न गरेर हजुरहरूले चौथो दिनको बिहानको पूजालाई सम्पन्न गर्नुभयो । 

साँझको समयमा आरती, पुष्पाञ्जली र स्तोत्र पाठ गर्न आउँछ भने स्तोत्रहरू पाठ गर्ने अथवा श्रवण मात्र गर्दा पनि ठुलो पुण्य प्राप्त हुन्छ भनेर शास्त्रमा वर्णन गरिएको छ । यस प्रकार दसैँको चौथो दिनमा कुष्माण्डा भगवतीको पूजा–अर्चना गर्नुभयो भने कुष्माण्डा भगवतीले हजुरको परिवारमा सुख–शान्ति, समृद्धि, ऐश्वर्यहरू प्रदान गर्नुहुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया