आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

हेर्नुहोस् आजको राशिफल : कुन राशिका लागि शुभ ?

आइतबार, २० असोज २०८१, ०६ : ३०
आइतबार, २० असोज २०८१

वि.सं.२०८१ साल असोज २० गते । आइतबार । इस्वी सन् २०२४ अक्टोबर ६ तारिख । नेपाल संवत् ११४४ । कालयुक्तनाम संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४५ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी, अहोरात्र । नक्षत्र– विशाखा, ४० घडी ५३ पला, बेलुकी ८ बजेर २१ मिनेट उप्रान्त अनुराधा । योग–प्रिती, ५९ घडी ५० पला, रातको ५ बजेर ५५ मिनेट उप्रान्त आयुष्मान । करण–वणिज, बेलुकी ५ बजेर ३८ मिनेट उप्रान्त भद्रा ।  आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला, दिउसो ३ बजेर ५२ मिनेट उप्रान्त वृश्चिक । काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५९ मिनेट । सूर्यास्त बेलुकी  ५ बजेर ४२ मिनेट । दिनमान २९ घडी १८ पला ।

आजको बार बेला  
बिहान ०५ बजेर ५९ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ०० मिनेटदेखि बिहान ७ बजेर २७ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर २८ मिनेटदेखि बिहान ८ बजेर ५५ मिनेटसम्म लाभ बेला ।
बिहान ०८ बजेर ५६ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५१ मिनेटसम्म काल बेला।
बिहान ११ बजेर ५२ मिनेटदेखि दिउसो १ बजेर १९ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर २० मिनेटदेखि दिउसो २ बजेर ४७  मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ४८ मिनेटदेखि बेलुकी ४ बजेर १५ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर १६ मिनेटदेखि बेलुकी ७ बजेर १५ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर १४ मिनेटदेखि बेलुकी ५ बजेर ४२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।  

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गरगहना, पहिरन, कस्मेटिक्स तथा खाद्यान्नको व्यापारमा लगानी गर्नेहरूका लागि समय उत्तम रहेकोछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यतित गर्दा खुसी भएको महसुस गर्नेछन् । खानपान, किनमेल तथा मनोरञ्जनमा अधिकांश समय खर्च हुनेछ । होटल तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे लाभ लिन सकिनेछ । साँझपख गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । यात्रा गर्दा वा भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पारिवारिक माहोलमा जमघट भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिने हुनाले समयमा कामहरू बन्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो अझ कसिलो भएर जानेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा आउने हुनाले मन प्रसन्न हुनेछ । पुँजी बजारमा होटल तथा फाइनान्स क्षेत्रको लगानीबाट मनग्गे लाभ लिन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा घरपरिवारजनसँग घरायसी कुरामा मतभेद हुनेछ ।  सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा अविश्वास बढ्न तथा मन परेको मानिससँग छुट्नु पर्दा मन खिन्न हुनेछ ।  तरपनि साँझपख पहिरन, खाद्यान्न, फर्निचर, भाडा वर्तनका सामानको व्यापारबाट मनग्गले लाभ लिन सकिनेछ । अध्ययनमा भन्दा बाहिरि क्रियाकलपमा मन जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको बिक्री तथा मर्मतको व्यापारबाट मनग्गे लाभ हुनेछ भने भौतिक सम्पत्ति प्राप्तिको गतिलो योग रहेको छ । शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे मुनाफा कमाउन सकिनेछ । साँझपख राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागी समय मध्यम रहेकोले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला समर्थन नपाइन सक्छ । आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव लिएर अगाडी बढ्दा गन्तव्य पहिल्याउन सहज हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) नयाँ प्रकृतीको काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । गरगहना, पहिरन, खाद्यान्न र फर्निचरका सामानको व्यापार फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । सामाजिक क्षेत्रमा आलोचनात्मक समर्थन पाइनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा काम गर्न सकिने भएपनि नतिजाको लागि केहि समय कुर्नु नै पर्नेछ । आफन्त तथा कुटुम्बसँग अनावश्यक विषयमा विवाद हुने तथा टाढिनु पर्ने बाध्यता आउनेछ । बोल्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लगाई आलोचना गर्ने सक्रिय हुनेछन् । तरपनि होटल, पहिरन, खाद्यान्न तथा सवारी साधनको बिक्री र मर्मतबाट मनग्गे आम्दानी गर्न सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीति कर्मीहरूले जनताको सेवामा समय खर्चँदा सम्मान पाइनेछ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) झन्झटिलो यात्रा हुनेछ भने सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । साँझपख विदेशी सामानको व्यापार, पहिरन, खाद्यान्न, स्वास्थ्य सामग्रीको बिक्रीबाट मनग्गे लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सवारी साधन तथा अन्य भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । सवारी साधनको बिक्री तथा मर्मतबाट मनग्गे रुपैयाँ पैसा कमाउन सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैतृक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । साँझपख यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  कर्मक्षेत्रमा राम्रो काम गरी नाम कमाउन सकिनेछ । पहिरन,सवारी साधन, फर्निचर,खाद्यान्न तथा स्वास्थ्य सामाग्रीको व्यापारबाट लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । रोजगार पाइने समय रहेको छ भने गरिरहेको काममा बढोत्तरीको प्रशस्त सम्भावना रहेको छ । तपाईँको शालीन स्वभावदेखि सबै मोहित हुनेछन् । प्रेममा खुलेर रमाउने समय रहेको छ । आर्थिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बाहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ । साँझपख शैक्षिक यात्रा तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ । व्यापारमा लगारनी बढाई आम्दानी गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ समयमा कामहरू सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । यात्रा गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला । साँझपख समय राम्रो रहेकोले राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग  मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यतित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ ।  

तपाईँको दिन शुभ रहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा भण्डारी
दुर्गा भण्डारी
लेखकबाट थप