बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इन्दर कुमारको भाइरल भिडियोबारे श्रीमतीको यस्तो जवाफ

बुधबार, ०२ जेठ २०७५, १० : ०१
बुधबार, ०२ जेठ २०७५

सलमान खानको फिल्म ‘वान्टेड’ मा सह–कलाकारको भूमिकामा देखिएका इन्दर कुमारको जुलाई २८ मा हृदयघातका कारण मृत्यु भएको खबर आएको थियो । उनी लामो समयदेखि बिरामी भएको र उनलाई एक्कासी आधा रातमा हृदयघात भएको बताइएको थियो । ४३ वर्षको उमेरमा उनको निधनले बलिउडका कलाकार र उनका प्रशंसकलाई नराम्रोसँग धक्का दियो ।

केही समयअघि  सोसल मिडियामा एउटा भिडियो भाइरल भयो छ जसलाई उनको मृत्युको ठिक अगाडि उनी आफैंले सुट गरेको बताइयो  । जसका कारण इन्दरको प्राकृतिक मृत्यु नभई उनले आत्महत्या गरेको थुप्रैले कयास लगाए । उक्त भिडियो यति भाइरल भयो कि यसबारे इन्दरकी श्रीमती पल्लवी सराफले मुम्बईमा पत्रकार सम्मलेन गरेर यसबारे जानकारी दिएकी छिन् । दुई मिनेटको उक्त भिडियोमा इन्दरले मातेको अवस्थामा आत्महत्या गर्नुसिवाय आफूसँग कुनै विकल्प नरहेको बताएका थिए । यद्यपी, पल्लवीले उक्त भिडियो इन्दरको रिलिज नभएको फिल्मको दृश्य भएको जुन अनलाइन लिक भएको बताएकी छिन् ।

‘यो वास्तविक भिडियो होइन । वास्तवमा यो  फिल्म ‘फटी पडी हे यार’को दृश्य हो, जुन इन्दरले साढे एक वर्ष अघि खिचेका थिए । मानिसहरुले फिल्मको दृश्यलाई उनको वास्तविक जीवनसँग तुलना गरिरहेको देख्दा दुःख लाग्यो,’ पल्लवीले पत्रकारलाई भनिन् ।

इन्दर कुमारको ‘आत्महत्या’ को भिडियो भाइरल

भिडियोमा इन्दरले रक्सी पिउँदै आफ्नो जीवनको विफलताबारे बयान गरिरहेका थिए जुन एकाएक भाइरल भएपछि मानिसहरुले उक्त भिडियो इन्दरले आफ्नो मृत्यु पहिले सुट गरेको अनुमान लगाए ।

‘इन्दर कुमारले जीवनमा कहिले शान्ती छाएन । उनले धरैजसो आफूलाई भावनात्मक रुपमा कमजोर पाउँथे ।’ पल्लवीले भनिन् । ‘विशेषगरी जब उनलाई बलात्कारको आरोपमा पक्राउ गरियो । एक मोडलले इन्दरले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछिका उनी निकै निराश थिए । पक्कै पनि ती दिन आए जब उनी नमज्जाले रुन्थे । आफ्नो बदनाम भएकोमा उनी दुखी त थिए तर उनले कहिले हार मानेनन् ।’

फटी पडी हे यार यसवर्ष रिलिज हुने अनुमान गरिएको छ । यस्तोमा यो एक पब्लिसिटी स्टन्ट नभएको पनि उनले स्पष्ट पारिन् ।

‘हामीले किन यस्तो गर्दथ्यौं । उनको डेथ सर्टिफिकेटले उनको हृदयघातका कारण मृत्यु भएको बताउँछ  । त्यसकारण हामीले कुनै भिडियो रिलिज गरेर अन्य जानकारी दिने प्रयास किन गर्दथ्यौं होला ? यो पूर्णरुपमा एक दुर्घटनावश भएको हो, ’ उनले थपिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप