माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, २० असोज २०८१, ०४ : ००
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पछाडि सवार अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनवलको ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोले लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका तिलोत्तमाका ३२ वर्षीय ऋषि लम्तरीको उपचारको क्रममा भलुही मेडिकल कलेजमा मृत्यु भएको हो । दुर्घटनामा परी विवेक गुरुङ घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी प्रभाव कायमै, यी प्रदेशमा वर्षको सम्भावना
-
दुर्गापक्षको आज चौथो दिन, कुष्माण्डाको पूजाआराधना गरिँदै
-
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
-
माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
पुर्ख्यौली पेसाबाट विस्थापित हुँदै दलित समुदाय
-
अरुण तेस्रो प्रवेशमार्गका स्थानीयले एक वर्षसम्म पनि पाएनन् मुआब्जा