आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

नेपाल भ्रमण सकेर फर्किए भारतीय सेनाका मेजर जनरल

आइतबार, २० असोज २०८१, ०२ : ४५
आइतबार, २० असोज २०८१

काठमाडौँ । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको छदिने औपचारिक नेपाल भ्रमण सम्पन्न भएको छ ।

उनी यही असोज १४ गते नेपाल आएका थिए । 

भ्रमणका क्रममा उनले पोखराको पनि भ्रमण गरेका थिए । त्यहाँ भूतपूर्व सैनिक र्‍यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

त्यस्तै, उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (इसिएचएस) पोलिक्लिनिकको भ्रमण गरेका थिए । 

मेजर जनरल देवगनले भ्रमणका क्रममा नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता भएको थियो । सो अवसरमा उनीहरुबीच नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो ।

मेजर जनरल दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप