आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

हरियाणामा खस्यो ६१ प्रतिशत मत, यस्तो छ एक्जिट पोलको परिणाम

आइतबार, २० असोज २०८१, ०१ : ३०
आइतबार, २० असोज २०८१

काठमाडौँ । हरियाणामा शनिबार भएको विधानसभा चुनावमा ६१ प्रतिशत मतदान भएको छ । बिहानदेखि साँझ ६ बजेसम्म विधानसभाका ९० सिटका लागि मतदान भएको हो । 

जम्मु कश्मीर र हरियाणामा भएको यो मतदानको चुनावी नतिजा भने अक्टोबर ८ मा आउनेछ ।

यहाँ  ९० सिटका लागि तीन चरणमा मतदान भएको हो ।

मतदान सकिएलगत्तै शनिबार साँझबाट एक्जिटपोलको नतिजा आउन थालेको छ । इन्डिया टुडे-सी भोटरले गरेको एक्जिट पोल अनुसार भाजपाले २७ देखि ३२ सिट जित्न सक्छ।

कांग्रेस र नेसनल कन्फ्रेन्स गठबन्धनले ४० देखि ४८ सिट जित्न सक्नेछ । जहाँ पीडीपीले ६ देखि १२ सिट जित्न सक्छ । अन्यलाई ६ देखि ११ सिट दिइएको छ ।

एक्सिस माइ इन्डियाको एक्जिट पोलअनुसार जम्मू कश्मीरमा कांग्रेस र नेसनल कन्फ्रेन्स गठबन्धनले ३५ देखि ४५, भाजपाले २४ देखि ३४, पीडीपीले ४ देखि ६ र अन्यले ८ देखि २३ सिट जित्न सक्ने अनुमान छ । 

त्यस्तै, भास्कर रिपोर्टर्सको एक्जिट पोलले जम्मू कश्मीरमा कांग्रेस र नेसनल कन्फ्रेन्स गठबन्धनले ३५ देखि ४० सिट र भाजपाले २० देखि २५ सिट जित्न सक्नेछ।

यहाँ पीडीपीले ४ देखि ७ सिट मात्रै जित्न सक्ने भास्कर रिपोर्टर्सको अनुमान छ । अन्यले १२ देखि १८ सिट जित्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप