बंगलादेशमा यसवर्ष चट्याङबाट ३०० व्यक्तिको मृत्यु

ढाका । बंगलादेशमा यसवर्ष चट्याङका कारण करिब ३०० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् । यसवर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको छ ।
‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम (एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो । सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ ।
चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिसहरु रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका समय मृत्यु भएको बताइएको छ । एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्यूज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्यांक संकलन गरेको जनाएको छ ।
बंगलादेशमा मौसम परिवर्तन हुने महिनाहरूमा चट्याङ पर्ने र यसका कारण बर्षेनी सयौँले अकालमा ज्यान गुमाउने गरेका उक्त संस्थाले जनाएको छ ।
बंगलादेशले हालैका वर्षहरूमा चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या बढेको र विज्ञहरूले यो अवस्थालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरेका पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डका राष्ट्रपति डुडा र ट्रम्पबिच भेटवार्ता
-
१ करोड २४ लाखबाट सुरु भयो सैनिक कल्याणकारी कोषको बचत ८७ अर्ब रुपैयाँ पुग्यो
-
पुनर्बीमा कम्पनीको उछालले बढ्यो सेयर बजार, कारोबार साढे ११ अर्ब
-
सेनाले जिम्मा पाएका ३२ वटा सडक आयोजना सम्पन्न, के हुँदैछ फास्ट ट्र्याक ?
-
पाकिस्तानविरुद्धको खेलमा भारतीय टोलीसँग जोडियो यो नचाहेको कीर्तिमान
-
७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज